ठाकुर-महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाण्डौ । जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ । तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।

स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन विषयमा छलफल गरेका छन् ।
जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन् । यो समाचार राजधानी दैनिकमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस