नागरिकता अध्यादेशविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार सुनुवाई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ १९, बुधबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ १९, काठमाडौं । वहुविवादित नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा परेको रिट उपर पर्सि शुक्रबार सुनुवाई हुने भएको छ । सत्ताको भ¥याङ बनेको यो विधेयकले राष्ट्रिय हित र अस्मितामाथि नै आघात पुग्ने भन्दै अधिवक्ताद्वय विष्णुकुमार गिरी र गणेशकुमार शर्माले रिट दायर गरेका हुन् । सो उपर पर्सि पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

नागरिकता ऐन, २०६३ लाई प्रतिस्थापन गर्न तीन वर्षअघि वर्तमान सरकारले संसदमा पेश गरेको विधेयक राज्य व्यवस्था समितिमा अड्काइएको छ । सरकार आफैंले उक्त विधेयक रोकेको हो । तर अहिले विकसित राजनीतिक सौदाबाजीका लागि केपी ओलीले अध्यादेश जारी गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस