जेठ २०, काठमाडौ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको आफू पक्षीय स्थायी कमिटी बैठक बिहीबार पनि अन्तिम समयमा आएर स्थगित भएको छ । ओलीले बुधबार दिउँसो चार बजे तोकेको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । यता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ।