जेठ २१, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ ।
सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो । जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छ । छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले सरकारमा जाने कुरा पक्कापक्की भइसकेको र अहिले पार्टीमा त्यसैलाई अन्तिमरुप दिन छलफल भइरहेको रातोपाटीलाई बताए ।