ओलीको प्रस्तावबारे आज छलफल गर्दै नेपाल पक्ष

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ जेष्ठ २४, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको प्रस्तावका विषयमा माधवकुमार नेपाल पक्षले आज छलफल गर्न लागेको छ। ओलीले आइतबार साँझ एकताका लागि आह्वान गर्दै प्रस्ताव गरेका थिए। जसमा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काउने बताएका छन्।

त्यस विषयमा छलफल गर्न नेपाल पक्षले आज स्थायी समिति बैठक बोलाएको छ। ओलीको प्रस्ताव कसरी लिने भन्ने विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले बताए। ‘त्यस विषयमा स्थायी समितिले निर्णय गर्नेछ,’ ति नेताले भने।

ओलीको प्रस्तावमा २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्किन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिएको छ। त्यस्तै, सर्वोच्च अदालतमा दिएको रिटमा गरेको हस्ताक्षर पनि फिर्ता लिनुपर्ने ओलीको सर्त छ। २०७५ जेठ ३ गते एमाले र नेकपा ९माओवादी केन्द्र० बीच एकीकरण भएको थियो। गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एकीकरण बदर भएको थियो।
त्यसपछि ओलीले आफू पक्षीय केन्द्रीय सदस्यको बैठक बसालेर नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थिए। त्यस्तै, माओवादीबाट आएका २७ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस