आज सातवटै प्रदेश सरकारले बजेट ल्याउँदै, प्राथमिकता स्वास्थ्य क्षेत्र !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौं । सात प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आय तथा व्याय विवरण प्रस्तुत गर्ने तयारीमा रहेका छन् । नेपालको संविधान २०७२ अनुसार अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनको व्यवस्था अनुसार असार १ गते नै बजेट प्रस्तुत गर्नैपर्ने कानुनी व्यवस्था रहेको छ । सात प्रदेशले मात्र नीति तथा कार्यक्रम पारित गरेका छन् ।

सातवटै प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७र७८ मा २ खर्ब ६४ अर्ब २० करोड ५४ लाख रुपैयाँ बराबरको बजेट ल्याएका थिए । त्योभन्दा अघिल्लो आर्थिक वर्षभन्दा करिब ५ अर्ब बढी बजेट ल्याएका थिए । कुल बजेटको १ खर्ब १३ अर्ब ४४ करोड ५१ लाख चालुतर्फ विनियोजन भएको थियो भने १ खर्ब ३९ अर्ब ४८ करोड २७ लाख अर्ब विकास बजेट विनियोजना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस