बागमती प्रदेश सरकारको चौथो बजेट : करिब ५५ अर्बको बजेट आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार १, काठमाण्डौ । बागमती प्रदेश सरकारले आज मंगलबार बजेट ल्याउँदै छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको बागमती सरकारले आकार बढाउँदै आगामी आर्थिक वर्ष ०७८र७९ को बजेट ल्याउन लागेको हो ।

चालू आव ०७७र७८ मा ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको बागमती सरकारले आगामी आवका लागि करिब ५५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरिरहेको छ । कोरोना महामारीका कारण बजेट खर्च कमजोर भएको र चालू आवमा यातायात, घरजग्गाको कर एक अर्बले बढी भएका कारण बजेटको आकार वृद्धि भएको आर्थिक मामिला तथा योजना मन्त्रालय प्रवक्ता विमला अधिकारीले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस