असार २, काठमाण्डौ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनका नेताहरुबीच भएको छलफललाई लक्षित गर्दै कडा कटाक्ष गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उक्त कटाक्ष गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन् । तर पोटास र फस्फोरस थियो कि थिएन ? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ ?’