जबराको राजीनामा माग गर्दै सर्वोच्चमा आज पनि प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले आज दोस्रो दिन पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका छन् ।

हिजो पहिलो दिन सर्वोच्च अदालतको बीच भागसम्मै पुगेका कानुन व्यवसायीहरुलाई आज भने प्रहरीले छेउमै रोकेको छ । उनीहरु प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने मागसहितको कालो ब्यानर बोकेर उभिएका छन् । साढे १० बजेदेखि साढे ११ बजेसम्म एक घण्टा धर्ना दिने पूर्वनिर्धारित कार्यक्रम छ ।

नेपाल बार एशोसिएसनको अगुवाइमा जारी प्रदर्शनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।

१६ गतेसम्म पनि राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने निर्णय एशोसिएसनले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस