वडा र पालिका अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेको निर्देशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १५, काठमाडौं । नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ । आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो । त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण रोकिएको अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस