प्रदेश १ : भोलि १ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न आह्वान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १५, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कात्तिक १५, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै उनले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस