प्रधानन्यायाधीशको राजीनामा नआए अझ चर्को आन्दोलन गर्छौ : शाक्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ कार्तिक १६, मंगलबार (३ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक १६, काठमाडौं । सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा नआए अझ चर्को आन्दोलनको कार्यक्रम गर्ने बताएका छन् ।

उनले सर्वोच्च अदालत परिसरमा बुधबार पनि विरोधको कार्यक्रम गर्ने र त्यसपछि राष्ट्रव्यापी छलफलमा जाने जानकारी दिए । ‘त्यसपछि पनि राजीनामा आएन भने अझ चर्को आन्दोलनमा जानुपर्ने स्थिति हुनसक्छ,’ शाक्यले भने ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिंदै आएको छ ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने बताउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस