राप्रपाको ६५ जिल्लामा अधिवेशन सकियो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २०, शनिबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकोे ६५ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएकोमा तोकिएको समय आउन ३ दिन बाँकी रहँदा ६५ जिल्लामा सकिएको राप्रापाले जनाएको हो ।

तेह्रथुम, सङ्खुवासभालगायत केही जिल्लामा प्रतिनिधि छनोटका विषयमा विवाद रहेको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले विवाद समाधान गरेको थियो ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो । प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको हो । ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन् ।

पार्टीले कात्तिक २६ गतेभित्र सक्रिय सदस्यको नामावली जिल्लामा पठाउने र सातवटै प्रदेशसभाबाट प्रदेश कार्यसमितिको निर्वाचन कात्तिक २८ गते गर्न निर्देशन दिइएको छ । सक्रिय सदस्यको दाबी विरोध यही कात्तिक २७ देखि २९ गतेसम्म गर्न समयसीमा तोकिएको छ ।

सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी मङ्सिर १ देखि ३ गते गर्ने, जिल्ला कार्यसमितिसँग समन्वय गरी प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिले निर्वाचनका लागि आवश्यक व्यवस्थापन गर्ने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस