संघीय संसद्‌का दुवै सदनमा बजेटमाथिको छलफल आज पनि हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २५, बिहिबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाडौँ । संघीय संसद्‌का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल आज पनि जारी रहने भएको छ ।

प्रतिनिधिसभामा गत सोमबारदेखि र राष्ट्रियसभामा हिजो बुधबारदेखि बजेटमाथिको सामान्य छलफल सुरु भएको हो । छलफलका लागि दुवै सदनको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । दुवै सदनमा सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने गरेका छन्। कतिपय सांसदले भने बजेटको कार्यान्वयनमा आशंका गर्दै मिश्रित प्रतिक्रिया दिने गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस