समाजवादी मोर्चा घोषणा ४ बजे, बाबुराम भट्टराई छलफलमै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० अषाढ ४, सोमबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ४,काठमाडौँ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार समाजवादी मोर्चा घोषणा गर्दैछन्।

संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका थाति रहेको काम पूरा गर्न भन्दै चार राजनीतिक दलले समाजवादी मोर्चा गठन गर्न लागेका हुन्। मोर्चाको घोषणा सोमबार दिउँसो ४ बजे राष्ट्रिय सभा गृहमा हुँदैछ। हिजो मोर्चा घोषणा सोमबार ३ बजे भनिएपनि एक घण्टा ढिलोगरी घोषणा हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभाविता क्षेत्रमा निरिक्षण गर्न जाने कार्यक्रम तय भएकोले घोषणा कार्यक्रम ढिलो हुने भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले र विप्लवले संयुक्तरूपमा घोषणा गर्न लागेको समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टी जाने, नजाने यकिन भइसकेको छैन।

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयले आइतबार फेसकबुक स्ट्याटसमार्फत् सरकार ढाल्ने र बनाउने खेलमा लाग्न मोर्चा आवश्यक नरहेको बताएको थियो।

तर पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जाने, नजाने निश्चित नभइसकेको बताए। ‘अहिले हाम्रो पार्टीका अध्यक्ष महिन्द्रराय यादवले प्रधानमन्त्रीलाई भेट्दै हुनुहुन्छ,’ त्यसपछि मात्रै यकिन हुन्छ,’ उनले भने।

यता नेकपा एकता राष्ट्रिय अभियानमा पनि मोर्चामा आबद्ध नहुने भएको छ। अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले)सँग संवाद अगाडि बढाएका छन्। आइतबार मात्रै एमाले अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको थियो।

छलफलपछि गौतम एमाले फर्कन उत्साहित देखिएका छन्। यद्यपि, उनले एमाले फर्किएपछि के पाउने भन्नेचाहिँ टुंगो लागिसकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस