प्रतिनिधिसभामा नयाँ अभ्यास: प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा शोक प्रस्ताव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ६, बुधबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । प्रतिनिधिसभामा बुधबारबाट नयाँ अभ्यास सुरुवात भएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु गरेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको नीजि सचिवालयले जनाएको छ ।

सोही अनुसार बुधबारको प्रतिनिधि सभा बैठकमा बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिमसभा सदस्य पृथ्वीबहादुर सिंहको शोक प्रस्ताव पारित गर्दै सकिएको छ । प्रदेश मन्त्री समेत रहेका सिहंको मंगलबार बझाङमा भएको सवारी दुर्घटनामा निधन भएको थियो । बुधबारै बसेको दोस्रो बैठकमा बजेटमाथिको छलफल जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस