कोशीमा मुख्यमन्त्रीलाई जसपाले विश्वासको मत नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १४, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १४,काठमाडौँ । जसपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने भएको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् ।

विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ ।

निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।

‘वर्तमान राजनीतिक परिस्थितिमा जसपा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिने पक्षमा हुने कुरै भएन । सँगै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामकरणको पक्षमा मतदान गर्ने दलहरूप्रति पनि हामी विश्वस्त हुन सक्ने कुनै राजनीतिक आधार देखा परेको छैन’, जसपाले भनेको छ ।

मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची छ ।

ताजा अपडेट

खोजी गर्नुहोस