भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १६, शनिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १६, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरूद्वको अभियानले थप तीव्रता पाउने बताएका हुन् ।

भ्रष्टाचार देशको बिकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ । अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो । तर, अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ । यसपटकको भारत भ्रमण ऐतिहासक भएको छ। राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन् । भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो।यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैन,’ प्रधानमन्त्रीले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस