विश्वका मेयर संगठनको सञ्चालक समितिमा बालेन निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १७, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १७, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेनको कार्यकाल दुई वर्षको हुनेछ ।

उनले सामाजिक सञ्जालमार्फत सो जानकारी गराएको हो । पछिल्लो समय मेयर बालेन शाहले आफ्नो कार्यशैलीका कारण लोकप्रिया कमाई रहेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस