एमाले अध्यक्ष ओलीले भने-‘अति भयो, अब एमाले चुप लागेर बस्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १०, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमाले चुप लागेर बस्न नहुने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूले देश लुटिरहेको टिप्पणी गर्दै अब एमाले चुप लागेर बस्न नहुने बताएका हुन् ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने ।
सरकारका मन्त्रीहरूको संलग्नताबिना ठूलो परिमाणको सुन ल्याउन सम्भव नभएको अध्यक्ष ओलीको भनाइ छ ।

बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस