कोसीका मुख्यमन्त्री थापाको विश्वासको मतविरुद्ध एमाले दियो सर्वोच्चमा रिट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र ६, विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तरिकाले लिएको विश्वासको मतका विरुद्ध नेकपा एमाले रिट लिएर सर्वोच्च अदालतमा पुगेको छ। थापाले संविधानविपरीत विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दिएको हो । रिट दायरको प्रक्रियामा छ।

एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यन्त्री हिक्मतकुमार कार्कीसहितका नेताहरू रिट दायर गर्न सर्वोच्च पुगेका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेतासमेत रहेका थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने क्रममा सभामुख इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस