एमाले बागमती प्रदेशको मतदान भोलि बिहान ८ बजेबाट शुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ११, बिहिबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

आश्विन ११,काठमाडौँ । एमाले बागमती प्रदेशको मतदान शुक्रबार बिहान ८ बजे बाट केन्द्रीय कार्यालय च्यासलमा हुने भएको छ । त्यसका लागि बिहीबार ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

साथै सहमतिमा उम्मेदवार बनाउने प्रयास जारी राख्ने नेता शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बेलुका ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

यसअघि पटक पटक मतदानको कार्यसूची सर्दै आएको छ । अध्यक्षका लागि चुनावी मैदानमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ केशवबहादुर बुढाथोकी रहेका छन् । अन्तिम समयमा वर्तमान केशवप्रसाद पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस