एमाले बागमतीको अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

बिहीबारको मितिमा शुक्रवार बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुई जना मात्र उम्मेदवार प्रतिष्पर्धामा छन् । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलमात्र प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यस्तै एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अव सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस