परराष्ट्रसचिव पौड्याल क्यानडाका लागि राजदूत सिफारिस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्याललाई सरकारले क्यानडाको लागि नेपालको नयाँ राजदूतमा सिफारिस गरेको छ । कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्री सरह हैसियत र सुबिधा पाउने गरी उनलाई राजदूत सिफारिस गरिएको हो । पौड्याल २० मंसिमा सेवानिबृत्त हुँदैछन् ।

यसअघि ७ जना राजदूत सिफारिस गर्दा क्यानडा खाली राखिएको थियो । परराष्ट्रका सहसचिव भृगु ढुंगाना राजदूतको कार्यकाल सकिएर फर्केपछि क्यानडाको नेपाली मिसन नेतृत्व बिहीन छ ।

दसैंपछि पौड्यालको संसदीय सुनुवाई हुनेछ । यसैगरी मंसिर २० पछि परराष्ट्र सचिवमा सहसचिव सेवा लम्साललाई नियुक्त गर्ने सरकारको तयारी छ । लम्साल परराष्ट्रका वरिष्ठ सहसचिव हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस