राष्ट्रपति पौडेलद्धारा विजयादशमीको शुभकामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ७, मंगलबार (१ साल अघि)
  • ६६ पटक पढिएको
Post Thumbnail

कात्तिक ७,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व,  सुशासन र समृद्धिको कामना गरेका छन् । विजयादशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गरेका छन् । 

कात्तिक ७,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन् । विजयादशमी २०८० को शुभकामना दिँदै राष्ट्रपति पौडेलले मानव जाति र विश्व शान्तिको कामना पनि गरेका छन् ।

उनले चाड विजयादशमी, २०८० को शुभ अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा हाम्रो राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु ।’

उनले अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् कामना गर्दै भनेका छन्, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’

यसैबिच राष्ट्रपति पौडेलले विजयादशमीको अवसरमा आजै सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम छ । उनले राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म अति विशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनेछन् ।

सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहज रुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउनसमेत कार्यालयले आग्रह गरेको छ । राष्ट्रपति पौडेलले भने ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट जाँदा टीका जमरा र आशीर्वाद लिनेछन् ।

उहाँले अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् कामना गर्दै भन्नुभएको छ, ‘यस अवसरमा म मानव जातिको कल्याण र विश्वशान्तिका लागि कामना गर्दछु ।’

यसैबिच राष्ट्रपति पौडेलले विजयादशमीको अवसरमा आजै सर्वसाधारण तथा अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम  छ । उहाँले राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म अति विशिष्ट र विशिष्ट व्यक्तिलाई तथा ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई टीका–जमरा लगाइदिनुहुनेछ । 

सर्वसाधारणलाई टीका लगाउनका लागि राष्ट्रपति भवनको मूल ढोकामा सहज रुपमा प्रवेशको व्यवस्था गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । टीका ग्रहणका लागि मर्यादित पोसाकमा आउनसमेत कार्यालयले आग्रह गरेको छ । राष्ट्रपति पौडेलले भने ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीकाको शुभ साइत बिहान ११ बजेर २ मिनेट जाँदा टीका जमरा र आशीर्वाद लिनुहुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस