एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा शुरु गर्दै, अध्यक्ष ओलीले उदघाटन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १४, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर १४, बैतडी । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजदेखि मध्यपहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा शुरु गर्दैछ । पदयात्रा शुभारम्भका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेता बैतडी पुगिसकेका छन् ।

बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उदघाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईलगायतका नेताहरू छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस