एमाले पदयात्रा आज डोटीको सिलगढी पुग्ने, चिवाभञ्ज्याङमा पुगेर समापन हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १५, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौँ । नेकपा एमालेको हिजो बैतडीबाट सुरु भएको मध्य पहाडी लोकमार्ग पदयात्रा आज डोटीको सिलगढी पुग्दैछ । यो क्रममा ७० किलोमिटरको यात्रा हुनेछ ।

हिजो बैतडीको झुलाघाटबाट सुरू भएको पदयात्रा डडेल्धुराको अमरगढी पुगेको थियो । अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झण्डाको झण्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए । बिहीबार १३० किलोमिटर यात्रा गरेर अभियान डडेल्धुराको अमरगढी आइपुगेको थियो । हाल पुष्पलाल राजमार्ग समेत भनिने मध्य पहाडी राजमार्गको करिब १,८७९ किलोमिटरसम्म एमालेको पदयात्रा हिजोबाट सुरू भएको हो, जुन पुस ५ गते चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस