प्रधानमन्त्री दाहाल आज साँझ यूएईबाट स्वदेश फर्किने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाडौँ । विश्व जलवायु शिखर सम्मेलन कोप–२८ मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन् ।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छन् ।

प्रधानमन्त्री गत १३ गते यूएई गएका थि ए। शनिबार कोेप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए । उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस