तेस्रो पटक कांग्रेस महासमिति बैठक सार्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १७, आईतबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

मंसिर १७,काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पुस १६ देखि १९ गतेसम्म बस्ने तय गरेको महासमिति बैठक सार्ने तयारी गरेको छ । यसअघि पनि पटक पटक सार्दै आएको महासमिति बैठक पुस १६ देखि १९ सम्म राजधानीमा बस्ने तय भएको थियो ।

तर, राष्ट्रिय सभा निर्वाचन र जाडोलाई देखाएर बैठक सार्ने तयारी भएको हो । स्रोतका अनुसार माघ अन्तिम वा फागुनको पहिलो हप्तासम्म महासमिति बैठक सार्ने तयारी छ ।

यसअघि मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस दुई गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको थियो । सो बैठक पनि निर्धारित समय अगावै पुस १६ देखि १९ सम्म सार्ने निर्णय गरिएको थियो । औपचारिक रुपमा पुस १६ देखि १९ सम्म सञ्चालन हुने बैठक सार्ने निर्णय भएको छैन तर, राष्ट्रियसभा चुनावलाई देखाएर बैठक सार्ने तयारी भएको सभापति शेरबहादुर देउवा निटक स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस