रूसलाई नेपालको कूटनीतिक नोट-‘रूसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गरिदेऊ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १९, मंगलबार (१ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौँ । नेपालले रूसलाई कूटनीतिक नोट पठाएको छ । रूसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्न आग्रह गर्दै नेपालले कूटनीतिक नोट पठाएको हो ।

‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत रुसी सरकारलाई अनुरोध गरिएको छ।’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेपालीलाई सेनामा भर्ती नगर्न पनि रूसलाई आग्रह गरिएको छ । रूस र युक्रेनबीचको युद्वका क्रममा हालसम्म रूसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस