एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत पुग्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • ८८ पटक पढिएको
Post Thumbnail

मंसिर २१, पर्वत । नेकपा एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ ।

बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्माबजारमा जनसभाको तयारी गरेको छ ।

उक्त जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार दिउँसो १ बजे ओली पर्वत र बागलुङको सिमाना मालढुंगामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ । संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस