अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचर र प्रधानमन्त्रीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २१, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् ।

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।

सो भेटवार्तामा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्धलाई थप सुद्धृढ बनाउने र द्विपक्षीय सहकार्य बढाउने विषयमा कुराकानी भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस