राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १९, बिहिबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

पुस १९,काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठकले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएको छ । आज बुधवार बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा चुनावको सिट बाँडफाँटमा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई राष्ट्रिय सभामा ‘जिरो’ नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गरेको र यसबारेमा एमालेको प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनले यो विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि बिहीवार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिने पनि पाण्डेले बताए ।

उनले भने, ‘राष्ट्रिय सभा चुनावका लागि २३ गते उम्मेदवारी दिने स्थिति छ । २० सिट खाली रहेकोमा एमाले प्रतिनिधि रहेको नौ सिट छ । अरू पार्टीले प्राप्त गरेका सिटहरू त जे हो त्ये कायमै हो भन्दा पनि हुने भो । तर यो नौ सिटको बारेमा हामी कसरी जाने भन्नेबारेमा सल्लाह भयो । एमाले अध्यक्षले राष्ट्रिय सभामा आफूहरूलाई जिरो नगर्नुस् भनेर प्रधानमन्त्रीलाई भनेको कुरा आएको छ । एमालेको प्रस्ताव आएपछि कुरा गर्न उपयुक्त हुन्छ भन्ने विषयमा छलफल गरियो ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र त्यसमा सरकारले गर्ने छलफलको एजेन्डाको बारेमा पनि ुबिफ्रिङु गरेका थिए । बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू सहभागी थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस