भारतीय विदेशमन्त्री एस जयशङ्कर काठमाण्डौमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १९, बिहिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पुस १९,काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणका लागि काठमाण्डौ आइपुगेका छन् । उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरे । उनि नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् ।

त्यसअघि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गर्ने कार्यक्रम छ । दिउँसो संयुक्त आयोगको बैठकमा सहभागी भएपछि दुई देशबीच १० हजार मेगावाट बिजुली खरिद सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

त्यसपछि भारतीय विदेशमन्त्री जयशङ्करले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । उनि भोलि भारत फर्कनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस