राष्ट्रपति पौडेलसंग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १९, बिहिबार (१ साल अघि)
  • ६५ पटक पढिएको
राष्ट्रपति पौडेलसंग भारतीय विदेशमन्त्री जयशंकरको शिष्टाचार भेट

पुस १९,काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । आज नेपाल अवतरण भएसँग राष्ट्रपति निवास शीतल निवासमा उनले पौडेलसँग भेट गरेका हुन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेको बताए । उनले कृषि, ऊर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालको प्राथमिकतामा भएकाले यसमा सहकार्यका लागि विदेशमन्त्री जयशङ्करसँग आग्रह गरे।

ताजा अपडेट

खोजी गर्नुहोस