‘भारतले २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न पाउँदैनन्’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • ३२ पटक पढिएको
‘भारतले २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न पाउँदैनन्’ : प्रधानमन्त्री दाहाल

पौष २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने भनिएको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने दाबी गरेका छन् । शुक्रबार बिहान राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न पाउने होइन । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तीन करोडबाट सुरु भएर पाँच करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो, तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो । समितिको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँग भएको सहमतिप्रति आपत्ति जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस