अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई सफाइ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २०, शुक्रबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २०, काठमाडौँ । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा प्रचण्डले अदालत शान्ति सम्झौताविपरीत जान लागेको आरोप लगाएका थिए ।

उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस