समाजवादी खस संघ घोषणा गर्दै जसपा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
समाजवादी खस संघ घोषणा गर्दै जसपा

पौष २१, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले खस संघ गठन गर्न लागेको छ । ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रुपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो ।
पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो । पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन ।

सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस