जसपाले गर्यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • ३० पटक पढिएको
जसपाले गर्यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

पौष २१, काठमाण्डौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस  गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो । 

सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र  सार्वजनिक गर्ने गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस