पुर्व राष्ट्रपति यादव भन्छन्– ‘यो सरकारले गरेको काम मलाई ठिक लागेन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
पुर्व राष्ट्रपति यादव भन्छन्– ‘यो सरकारले गरेको काम मलाई ठिक लागेन’

पौष २१, काठमाण्डौँ । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाडौंमा ‘बीपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै प्रथम राष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको टिप्पणी गरे ।

उनले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको उल्लेख गर्दै दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गरे । उनले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस