राप्रपामा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो , कुन प्रदेशबाट को-को ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • २१ पटक पढिएको
राप्रपामा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो , कुन प्रदेशबाट को-को ?

पौष २२, काठमाडौँ । राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको छ । महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङ उम्मेदवार हुनेछन् ।

गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् । लुम्बिनी प्रदेशतर्फ अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस