रास्वपाले सचिवालय बैठक बोलायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २५,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सचिवालयको बैठक बोलाएको छ । मंगलबार दिउँसो २ बजे सचिवालयको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । सचिवालय बैठक सिंहदरबारमा बोलाइएको छ ।

बैठकमा दैनिक कार्यसञ्चालन सम्बन्धी निर्णय र समसायिक विषयहरु छलफलका एजेण्डा रहेको महामन्त्री ढकालले जानकारी गराए ।

बैठक छलफलका थप एजेण्डामा लेबी, सदस्यता लगायत रहेको सह प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सचिवालय बनाउने निर्णय गरेको थियो । रास्वपाको सचिवालयमा १२ जना हुने व्यवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस