चारवटा संसदीय समितिको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २५ पटक पढिएको
चारवटा संसदीय समितिको बैठक आज बस्दै

पौष २६, काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दैछ । कानुन न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

समितिमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुने समितिका सचिव अधिराज राईले जानकार दिए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । बिहान साढे ११ बजे शिक्षा समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस