राष्ट्रिय सभा सदस्य निर्वाचन : ५२ जनाकै उम्मेदवारी कायम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २७, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २७, काठमाण्डौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका सबै जनाको उम्मेदवारी कायम भएको छ । सात वटा प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

निर्वाचन आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ५२ जनाकै उम्मेदवारी कायम भएको जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले दाबी विरोधका लागि सूचना आह्वान गर्दा सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएका वा अल्पसख्यकतर्फ उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा दलिततर्फ उम्मेदवारी दिएका विष्णुबहादुर बिकको बिरोधमा उजुरी परेको थियो ।
आयोगका प्रवक्ता पौडेलले सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयले दुवै उजुरी सम्बन्धमा छानबिन गरेपछि उम्मेदबारी कायम रहने निर्णय गरेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस