कांग्रेसका नेता आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २९, आईतबार (१ साल अघि)
  • २२ पटक पढिएको
कांग्रेसका नेता आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै

पौष २९, काठमाडौँ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा अन्तिम सुनुवाइका लागि आजका लागि पेसी तोकिएको छ ।

रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलमसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।

सो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो। त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए ।

१८ कात्तिक २०७६ सालमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस