एमाले रौतहटको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २९, रौतहट । नेकपा एमाले रौतहटको अध्यक्षमा दुई जनाको उम्मेदवारी कायम भएको छ । एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । अध्यक्ष पदमा अखिलेश्वर चौधरी र सचिवानन्द साहको उम्मेदवारी कायम भएको छ ।

यसअघि अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको थियो जसमध्ये अमर आले र बैजनाथ सहनीको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृत बालविक्रम कार्कीले जानकारी दिए ।

जिल्ला उपाध्यक्षका लागि उपेन्द्रराय यादव, चन्दनकुमार कुशहवा, मनिलाल सहनी, रामआषिश साह, रुपेशकुमार पटेल र सुरेशकुमार राय यादव गरी ६ जनाको उम्मेदवारी कायम रहेको उनले बताए । यस्तै सचिवमा बाबुराम दाहाल र शिवप्रसाद आचार्यको उम्मेदवारी कायम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस