धुनिवेशी नगरपालिकाको नगर सभा तथा १४ औं अधिवेशन सम्पन्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० माघ २९, सोमबार (१ साल अघि)
  • ७३ पटक पढिएको
धुनिवेशी नगरपालिकाको नगर सभा तथा १४ औं अधिवेशन सम्पन्न

माघ २९, धुनिबेशी । धुनिवेशी नगरपालिका धादिङको नगरसभा तथा १४ औँ अधिवेशन सम्पन्न भएको छ । नगरप्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा नगरसभामा गरिएको हो ।

नगरसभा तथा १४ औँ अधिवेशनमा नगरप्रमुख आचार्य मार्फत नगरले हालसम्म प्राप्त गरेका उपलब्धिहरुको संक्षिप्त विवरण प्रस्तुत गरी पारित गरिएको हो । नगर उपप्रमुख सुरज उप्रेति मार्फत सभामा प्रस्तुत अर्धवार्षिक कार्य प्रगती समिक्षा पनि पारित भएको छ ।

यसैगरी नगरसभा तथा १४ औँ अधिवेशन मार्फत केहि योजनाहरु संशोधन सँगै थप योजनाहरु स्विकृत भएको छ । २०७३ साल फागुन २७ गते घोषणा भएको नेपालकै कान्छो नगरपालिकाको रुपमा धुनिवेशी रहेको छ । नगरसभा तथा १४ औँ अधिवेशन कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस