दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १, मंगलबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरे पनि उहाँ भने नआउने हुनुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस