रवि लामिछाने र जिबी राईको विवरण पठाउन बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • २२ पटक पढिएको
रवि लामिछाने र जिबी राईको विवरण पठाउन बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

फागुन २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन् । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो । यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको हो । माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ । 

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको हो । 

ताजा अपडेट

खोजी गर्नुहोस