काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २९, शनिबार (१० महिना अघि)
  • ६९ पटक पढिएको
काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आए

असार २९,काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले प्रचण्ड नेतृत्वको सरकारले हिजोका काला कर्तुतमाथि निर्मम भएर अग्रसर हुँदा अत्तालिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताएका छन् । हिजो आफूहरूले गरेका काला कर्तुतको ढाकछोपका लागि नै उनीहरू मिलेको शाहीको भनाइ छ ।

शनिवार सुर्खेत विमानस्थलमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै शाहीले अहिलेको गठबन्धन बन्नुमा नेपालको भू–राजनीति पहिलो कारण रहेको बताए । ‘यो देश भूगोल रणनीतिक महत्वको छ । जसका कारण अन्तर्राष्ट्रिय शक्तिहरुले आफ्नो प्रभुत्व नेपालमा जमाउन चाहन्छन्,’ शाहीले भने, ‘त्यसका लागि आफ्नो असल पात्र वा दलाल चाहिएको छ र उनीहरुले बनाउँछन् । हरेक चुनावमा पनि बाह्य शक्तिले चलखेल गर्छ ।’

चलखेल गर्न सजिलो होस् भनेर नै नेपालमा स्पष्ट बहुमत कुनै पनि राजनीतिक दलको आउन नदिन बाह्य शक्तिले प्रभाव जमाउने गरेको शाहीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस